प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा, आकस्मिक अपरेशनको तयारी


प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि अपरेशनको तयारी गरिएको छ । एपेन्डिसाइटिस भएपछि उहाँलाई तत्काल अस्पताल लगिएको थियो ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अपरेशनको तयारी गरिएको छ ।

परीक्षणका क्रममा क्रममा प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस देखिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाका बिरामी हुनुहुन्छ । १२ वर्षअघि प्रत्यारोपण गराइएको मिर्गौलामा समस्या आएपछि उहाँले ४ पटक डायलायसिस गराइसक्नुभएको छ ।

पछिल्लोपटक भने राजधानीको ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिँदै आएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com