दक्षिण एसियाली खेलकुदको पूर्वसन्ध्र्यामा नेपाल मिडिया सोसाइटी र राखेपवीच आठ बुँदे सम्झौता


प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को पूर्वसन्ध्र्यामा राष्ट्रिय खेलकुद परिषद्ले र नेपाल मिडिया सोसाइटीवीच आठ बुँदे सम्झौता भएको छ ।

आज राजधानीमा भएको एक कार्यक्रममा राखेपका सदस्यसचिव रमेश सिलवाल र नेपाल मिडिया सोसाईटीका अध्यक्ष शुभशंकर कंडेलवीच आठ बुँदे सम्झौता भएको हो ।

सम्झौतामा नेपालको खेलक्षेत्रलाई थप प्रभावकारी बनाउदै लैजाने, आगामी दिनहरुमा नेपाल मिडिया सोसाइटीले खेलक्षेत्रलाई सहयोग गर्ने,

खेल क्षेत्रलाई थप सुधार गर्न नेपाल मिडिया सोसाईटी र राखेपवीचको सम्वन्धलाई थप प्रभावकारी बनाउने तथा सहकार्य गर्नेआदी सम्झौता भएको अध्यक्ष कंडेलले बताउनुभयो ।

कार्यक्रममा नेपाल मिडिया सोसाईटी नेपालका अध्यक्षले कंडेलले नेपाली संचारमाध्यमले निवार्धरुपमा समाचार संकलगर्ने पाउनु पर्ने र नेपाली संचार जगतले आयोजकलाई निर्वाधरुपमा प्रश्न गर्नपाउने अधिकार हुनेपर्ने बताउनुभयो । उहाले सवै पत्रकारले पनि आफ्नो दायित्व र पत्रकारिताको धर्म निभाउनेगरी काम गनुपर्ने पनि बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com