उपनिर्वाचनमा सबैको ध्यान कास्की, भक्तपुर, बागलुङ, दाङतर्फ : कहाँ के हुँदैछ ?


प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार

हिजो सम्पन्न उपनिर्वाचनमा प्राय सबैको ध्यान कास्कीतर्फ नै रहेको छ । किनभने कास्कीको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको लागि निर्वाचन भएको थियो ।

अझ त्यसमा पनि स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई चुनावी मैदानमा रहेका कारण सबैको चासो बढेको हो । अहिलेसम्मको चुनावी नतिजा अनुशार नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार विद्याले नै अग्रता लिइरहेकी छिन् । खासगरी कास्कीमा नेकपाको सिट खोसिएला कि कायम रहला भन्नेतर्फ सबैको चासो रहेको छ ।

त्यस्तै भक्तपुर जिल्ला क्षेत्र नम्बर १ को १ मा प्रदेश सभा सदस्यका लागि मतदान भएको थियो । भक्तपुरको क्षेत्र नम्बर १ को १ मा अहिलेसम्म भएको मतगणनामा काँग्रेसले अग्रता लिएको छ । काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद ढकालले पछ्याइरहेका छन् । यो क्षेत्रमा यसअघि तत्कालिन एमालेका उम्मेदवार स्वर्गीय हरिशरण लामिछाने निवार्चित भएका थिए।

त्यस्तै बागलुङको चुनावलाई पनि महत्वका साथ हेरिएको छ । गण्डकी प्रदेश सभा सदस्य अन्तर्गत बाग्लुङ क्षेत्र नम्बर २ को २ बाट निवार्चित टेकबहादुर घर्तीको मृत्युभएपछि रिक्त पदमा निर्वाचन भएको हो ।राष्ट्रिय जनमोर्चाका घर्ती बाम गठबन्धनबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए ।

त्यस्तै दाङको निर्वाचन क्षेत्र नं ३ को २ मा प्रदेशसभा सदस्यका लागि भएको चुनावप्रति पनि सबैको चासो छ । दाङमा यसअगाडि नेकपाका स्वर्गीय उत्तरकुमार वलीले चुनाव जितेकोमा उनकी पत्नी बिमलाकुमारी खत्री (वली) अहिले चुनावी मैदानमा छिन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com