पोखरामा बाटो खन्ने क्रममा ५ मजदुरको मृत्यु


प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार

पोखरा महानगरपालिका–२० मौजाको विसौनामा आज बिहान ८ः४५ बजेको समयमा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने अन्य केही पुरिएको आशङ्का गरिएको छ ।

सडक निर्माणका क्रममा एक्कासि माथिबाट आएको माटोको ढिस्कोमा पुरिएका कामदारमध्ये तीन जनाको शवबाहिर निकालिएको सोही वडाका वडाध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिनुभयो । अझै तीन–चारजना ढिस्कोमा पुरिएको हुन सक्ने आशङ्का स्थानीयवासीले गरेका छन् ।

पुरिएकालाई बाहिर निकाल्ने कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो । २ जना ढिस्को खस्दा खस्दै भाग्न सफल भएको र ५ जना पुरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

पुरिने सबै सल्यानका हुन् । पुरिनेमा जोगेन्द्र बुढाथोकी, खिमलाल वली, गणेश वली, तोभान बस्नेत र बिज बहादुर बस्नेत रहेको जानकारी प्राप्त भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com