३७ बर्षीय अमेरिकी नागरिकको पक्राउका लागि सुचना दिनेलाई ५० लाख डलर इनामको घोषणा
प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार
अमेरिकी सरकारको फेडरल इन्भेस्टिगेशन ब्यूरो एफबीआईले एकजना ३७ बर्षीय अमेरिकन नागरिकको बारेमा सुचना दिने व्यक्तिलाई ५० लाख डलर इनामको घोषणा गरेको छ । तर प्राप्त सुचनाका आधारमा उक्त व्यक्तिलाई पक्राउ गर्नका लागि बाटो खुल्नुपर्छ ।
३७ बर्षीय जेहाद सेर्वान मोस्तफा अमेरिकी सरकारले सर्वाधिक खोजि गरिरहेका व्यक्ति हुन् । आतंकवादी संगठनसँग साँठगाँठ रहेको अभियोगमा अमेरिकाले उनको खोजी गरिरहेको छ । अमेरिकाले आतंककारीको सुचीमा राखेको अल सबाब संगठनलाई उनले विभिन्न सामानहरु सप्लाई गर्ने गरेको जनाईको छ ।
सान डिएगोका पूर्व बासिन्दा रहेका ती व्यक्ति हाल सोमालियामा रहेको विश्वास गरिएको छ । सान डिएगोमा नै हुर्केका र कलेज पढेका मोस्तफा सन् २००५ मा सोमालिया र तेमान गएको जनाइएको छ ।
सोमालियामा सुरुमा इथोपियन सुरक्षाकर्मीसँग लडेको र पछि आतंकवादी संमुहमा आबद्ध भएको अमेरिकी सरकारको दावी छ ।