सञ्चारकर्मी लम्साललाई भारतमा अवार्ड


प्रकाशित मिति : मंसिर २२, २०७६ आईतबार

काठमाडौं । जातीय विभेद विरुद्ध अभियान चलाइरहेकी सञ्चारकर्मी आरती लम्साललाई भारतमा सम्मान गरिएकाे छ ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित समारोहमा भारतीय एकेडेमीले लम्साललाई डा. अम्बेडकर कलाश्री अवार्डले सम्मान गरेको हो । भारतीय संविधान निर्माता डा. भिमराव अम्बेडकरको नामबाट सो अवार्ड स्थापित भएको हो ।

लम्सालले जातीय विभेद विरूद्ध अन्तरजातीय विवाह गरेकी थिइन् । हाल उनी जातीय विभेद विरूद्ध अभियान समेत चलाइरहेकी छिन् ।

सोही कार्यक्रममा डा. अम्बेडकर एक्सिलेन्सी सर्भिस अवार्डबाट सामाजिक अभियन्ता बिमला गौचन सम्मानित भएकी छन् । समाजसेवी गौचन एकल महिला समूह म्याग्दीकी अध्यक्ष  हुन् ।

यसैगरी समाजसेवीहरू सुशीला कट्टेल गैरे र राजकुमार सुनार पनि सम्मानित भएका छन् ।

भारतका केन्द्रीय सामाजिक न्याय मन्त्री एवं राज्य सभा सांसद डा. सत्यनारायण जाटियाले अवार्ड वितरण गरेका थिए ।

भारत, नेपाल लगायत दक्षिण एसियाका सञ्चार, मानव अधिकार, सामाजिक र साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई संस्थाले प्रत्येक वर्ष अम्बेडकर अवार्डबाट सम्मान गर्दै आएको बताइएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com