सीमा विवादबारे मोदीसँग छलफल गर्न दूतका रुपमा जान लागेका नेपालले भेटे भारतीय राजदूत


प्रकाशित मिति : मंसिर २३, २०७६ सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले आज नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता गर्नुभएको छ ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारी रहनुभएका राजदूत पुरीले पूर्वप्रधानमन्त्री एवं नेकपाका विदेश मामिला विभागका प्रमुख नेपालसँग बिदाइ भेट गर्नुभएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जनाउनुभयो ।

भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे कुराकानी भएको थियो । दुई देशबीच अहिले सीमा विवाद उत्पन्न भएकाले कूटनीतिक र राजनीतिक तहबाट समाधानको पहल भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादबारे छलफल गर्न नेता नेपाललाई विशेषदूतका रुपमा पठाउने तयारी गर्नुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com