आगामी दुई ओलम्पिक खेल्नमा रसियामाथी प्रतिबन्ध


प्रकाशित मिति : मंसिर २३, २०७६ सोमबार

विश्व डोपिङ विरोधी संस्थाको कार्यकारी समितिले आगामी दुई ओलम्पिक खेल्नमा रसियामाथी प्रतिबन्ध लगाएको छ । अब रसियाले सन् २०२० को गर्मीमा टोकियोमा हुने र सन् २०२२ को जाडोमा बेइजिङमा हुने ओलम्पिक खेलमा सहभागिता जनाउन नपाउने भएको छ ।

खेलका दौरानमा क्षमताबढाउनका लागि प्रयोग गर्ने औषधीका कारण रसिया विवादमा आएको हो । सन् २०१८ को चिसोका खेलहरुमा प्रतिबन्धपछि रसिया र रसियाको डोपिङ विरोधी संस्थालाई सन् २०१८ को सेप्टेम्बरमा शर्तसहित फुकुवा गरिएको थियो ।

तर रसियन अधिकारीहरुले यो बर्ष मस्कोमा रहेको डोपिङ विरोधी प्रयोगशालाबाट तथ्यांकहरु हेरफेर गर्नुका साथै अनुसन्धानकर्ताहरुलाई गुमराहमा राखेपनि यो नयाँ प्रतिबन्ध लगाइएको हो । सोमबार स्वीट्जरल्याण्डमा  विश्व डोपिङ विरोधी संस्थाको कार्यकारी समितिमा यसबारेमा मतदान भएको थियो ।

अब रसियासमक्ष यो निर्णयलाई स्वीकार गर्नका लागि २१ दिन बाँकी छ । यदि यो निर्णय अस्वीकार गरेको खण्डमा यसबारे अदालतमा जान सकिने प्रावधान समेत रहेको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com