गौरिकाले पाउने भइन् ६५ लाख : मण्डेकाजी, आयशा र सुवासलाई २२-२२ लाख


प्रकाशित मिति : मंसिर २५, २०७६ बुधबार

गौरिका सिंह, १३ औं दक्षिण एसियाली खेलकुद (साग) सँगै यो नाम नेपाली खेलकुदमा अविस्मरणीय बनेको छ । स्मरणीय के छ भने उनी भर्खर १७ वर्षकी किशोरी हुन् र उनले लामो यात्रा गर्न बाँकी छ ।

घरेलु भूमिमा आयोजित १३ औं सागमा गौरिकाले सिंगो देशको इज्जत बढाइन् ।  आजै प्रधामन्त्रीले सागमा विजेता खेलाडीलाई  १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णका लागि ११ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।

सागमा पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले एक भन्दा बढी स्वर्ण जितेका थिए।

गौरिकाले ४ स्वर्ण जित्दा अरुले २–२ स्वर्ण जितेका थिए। गौरिकाले थप २ रजत र ३ कास्य पनि जितेकी थिइन्। जसअनुसार उनले पाउने कुल पुरस्कार रकम ६५ लाख हुन्छ।

‘एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीको हकमा एक स्वर्णको ११ लाख दिने निर्णय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभो ‘यसरी हिसाब गर्दा गौरिका सिंहले जम्मा पुरस्कार ६५ लाख पाउने देखिन्छ।’

गौरिका बाहेक अन्य तीन खेलाडीले भने २२ लाख पाउनेछन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com