अमेरिकामा गणेशको तस्वीर अंकित अण्डरवेयर, हिन्दुहरुबाट विरोध


प्रकाशित मिति : मंसिर २७, २०७६ शुक्रबार

अमेरिकाको न्युजर्सीमा रहेको एउटा कपडा उत्पादन कम्पनीले गणेशको तस्वीर अंकित अण्डरवेयर निकालेपछि हिन्दुहरुले विरोध गरेका छन् । न्युजर्सीको क्लिफ्टनमा मुख्यालय रहेको उक्त कम्पनीले अण्डरवेयरमा गणेशको तस्वीर प्रिन्ट गरेर बजारमा ल्याएको थियो ।

 

कस्टोमन नामको कम्पनीले यस्तो अण्डरवेयर ल्याएपछि हिन्दु धर्म र भगवानको अपमान भएको भन्दै विरोध गरिएको हो । गणेशको तस्वीर अंकित उक्त अण्डरवेयरको मूल्य १८ डलर ६४ सेन्टस राखिएको छ ।

उक्त उत्पादनबारेको सेक्सनमा राम्ररी बनाइएको कट्टुमा कामुक देखिन सकिने उल्लेख छ । यो कम्पनीले टिसर्ट, ज्याकेट लगायतका सामाग्रीहरु समेत बेच्दै आएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com