मिस अमेरिका र मिस युनिभर्सपछि मिस वर्ल्डको ताज पनि अश्वेत युवतीलाई
प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार
अन्तत मिस वर्ल्डको ताज पनि एक अश्वेत युवतीले पहिरिएकी छिन् । मिस युएसए, मिस टिन युएसए, मिस अमेरिका र मिस युनिभर्सको ताज अश्वेत युवतीले पहिरिए लगत्तै मिस वर्ल्डको ताज पनि अश्वेत युवतीले नै जीत्न सफल भएकी छिन् ।
Toni-Ann Singh from Jamaica is the 69th #Missworld pic.twitter.com/tgyTFFiuKU
— Miss World (@MissWorldLtd) December 14, 2019
शनिबार भएको मिस वर्ल्डमा जमैकाकी टोनी आन सिंहले ताज पहिरिइन् । लण्डनको एक्सेल एरिनामा भएको कार्यक्रममा ताज पहिरिएपछि उनले भविश्यमा डाक्टर बन्ने योजना बनाएको जनाइएको छ ।
२३ बर्षकी सिंह फ्लोरिडा स्टेट युनिभर्सिटीबाट मनोविज्ञानमा स्नातक हुन् । उनले मेडिकल स्कुल भर्ना हुने तयारी गरिरहेको मिस वल्र्डको वेवसाइटमा जनाइएको छ ।
प्रतियोगितामा फ्रान्सकी युवती दोश्रो भएकी छिन् भने इन्डियाकी युवती तेश्रो भएकी छिन् ।