बैकबाट ८८ हजार डलर चोर्ने व्यक्तिले नोटको बिटो फेसबुकमा राखेपछि पक्राउ


प्रकाशित मिति : मंसिर २९, २०७६ आईतबार

बैंकबाट ८८ हजार डलर चोर्ने व्यक्तिले नोटको बिटो फेसबुकमा राखेपछि प्रहरी फन्दामा परेको छ । अमेरिकाको नर्थ क्यारोलिनामा बैंकको भल्टबाट ८८ हजार चोरेको व्यक्तिले चोरेको रकमसहित फेसुबुकमा फोटो पोष्ट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

२९ बर्षको अर्लान्डो हेण्डरसनले योबर्षमात्र कम्तीमा १८ स्थानमा चोरी गरेको जनाइएको छ । त्यसपछि जुलाई र अगस्तमा उक्त व्यक्तिले आफ्ना तस्वीरहरु सामाजिक सञ्जालमा हालेको थियो ।

चोरेको रकमबाट उसले मर्सिडिज बेन्च किन्न प्रयोग भएको २० हजार डलर तिरेको जनाइएको छ । चोरेको रकम एटीएममार्फत बैंकमा जम्मा गरेको प्रहरीको दावी छ ।

बैंक ठगीका दुई आरोप र १९ वटा चोरीको आरोप लागेको उसलाई ३० बर्षसम्म जेलसजाय र १ मिलियन डलरसम्म जरिवाना हुनसक्नेछ । उक्त व्यक्तिबिरुद्ध मनी लण्डरिंगको पनि अभियोग छ, जुन अभियोगमा २ लाख ५० हजार डलर जरिवाना र १० बर्ष जेल सजाय हुनसक्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com