विद्यालयमा सहपाठीबाट दुर्ब्यबहार भएपछि न्युयोर्कका १३ बर्षका बालकले गरे सुसाइड नोट लेखेर आत्महत्या
प्रकाशित मिति : श्रावण ३०, २०७३ आईतबार
न्युयोर्कको स्टेटन आइल्याण्डका एकजना १३ बर्षका बालकले आफूमाथि विद्यालयमा सहपाठीहरुबाट दुर्ब्यबहार भएको भन्दै आत्महत्या गरेका छन् । १३ बर्षका डानियल फिज्पेट्रिकले लेखेको दुखद सुसाइड नोटमा होली एन्जल्स क्याथोलिक एकेडेमीका उनका पुराना साथीहरुले उनीसँग दुर्ब्यबहार गरेको, उनलाई मन पराउन छाडेको र उनीसँग बोल्न छाडेको जनाइएको छ । यो सुसाइड नोट न्युयोर्क डेली न्युजलाई बालकका बाबुआमामार्फत प्राप्त भएको थियो ।
आगामी सिजनमा बु्रकलिनको जेभेरियन हाइस्कुलमा पढाई सुरु गर्ने तयारी गरेका डानियलले सुसाइड नोटमा आफूले अब हारेको जनाएका छन् । आफूमाथि दुब्र्यबहार हुँदा शिक्षकहरुले पनि कुनै सहयोग नगरेको उनको नोटमा उल्लेख छ । न्युयोर्क मेडिकल परिक्षण विभागका प्रवक्ताले उनले झुण्डिएर आत्महत्या गरेको पुष्टी गरेका छन् ।
डानियलका पिताले भनेका छन् – ‘कुनै पनि बाबुआमाले आफ्ना बच्चाहरुको अन्त्येष्टी गर्नु नपरोस् । कुनै पनि बच्चाहरुले मेरो छोराले जस्तो भोग्नु नपरोस् ।’
उनका परिवारले डानियल फिज्पेट्रिक स्मृति कोषको स्थापना गरेका छन् । १० हजार डलरको लक्ष्य सहित गो फण्डमार्फत स्थापना गरिएको यो कोष अहिलेसम्म ६५ हजार डलरभन्दा धेरै जम्मा भइसकेको छ ।