खेल समृद्धिको आधार : मन्त्री बराल


प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार

प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले खेलकूद समृद्धिको आधार भएको बताएका छन् ।

रुपन्देहीको कालिका मानवज्ञान माविको ५९ औं वार्षिक उत्सवको अवसर पारी आयोजना गरिएको रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री बरालले खेल विगतमा रमाउनका लागि खेलिने भएपनि अहिले पहिचान र समृद्धिका लागि खेलिने गरेको बताए ।

उनले विद्यालयले गर्ने खेलकुद प्रतियोगिताहरुले विद्यार्थीहरुको खेलप्रतिको विकास र मनोवल समेत उच्च बनाउन सहयोग पुग्ने भएकाले यस्ता कार्यक्रमहरुको आयोजना गर्न आग्रह गरे । खेलको माध्यमबाट प्रदेशलाई मुलुककै अब्बल प्रदेश बनाउन मद्वत पुग्ने बताँउदै खेलको विकासमा प्रदेश सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com