दाङ घटना: दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थी सडकमा


प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार

दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट बिहीबार ज्यान गुमाएकी बालिका बिजिता केसीको दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।

प्याब्सन दाङ र एन प्याब्सन दाङको संयुक्त आयोजनामा गरेको शान्ति र्‍यालीमा विद्यार्थीले घटनाका दोषीलाई हदैसम्मको कारबाहीको माग र पीडितलाई न्याय दिन प्रदशन गरेका हुन्। स्कुल पोशाकमा सडकमा उत्रिएका विद्यार्थीले नाराबाजी गर्दै तुलसीपुरका विभिन्न क्षेत्रको परिक्रममा गरेका छन्।

बिहीबार तुलसीपुर ५ गोदाम घरनजिकै रा १ त १४३५ नम्वरको ट्याक्टरले विद्यालय जाँदै गरेकी तुलसीपुर ७ शिवनगरकी १३ बिजिता केसि वर्षीया केसी र १४ वर्षीया मनिषा वलीलाई ठक्कर दिएको थियो। कक्षा ८ मा पढ्ने बिजितालाई टाउकोमा गम्भीर चोट लागेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको थियो भने सोही विद्यालयमा पढ्ने मनिषाको बायाँ हातमा चोट लागेको थियो।

यता मृतक केसीको शव अझै आफन्तले बुझेका छैनन्। उचित न्याय नपाएसम्म आफूहरूले सब नबुझ्ने मृतक केसीका आफन्त गणेश बस्नेतले बताए । उनले ड्राईभरको लापरबाहीको कारण दुर्घटना भएको भन्दै कडा कारबाहीको माग समेत गरे। उनको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com