पर्यटनमन्त्री भट्टराईद्धारा विमानस्थलको छड्के अनुगमन


प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमन गरेका छन् ।

शुक्रबार साँझ मन्त्री भट्टराईसहितको टोली भित्रुवन विमानस्थल पुगेका हुन् ।

नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा विमानस्थलमा भइरहेको तयारी लगायत कर्मचारीहरुको काम कारबाहीका विषयमा अनुगमन गर्न मन्त्री भट्टराई विमानस्थल पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।

उनले अध्यागमनले विमानस्थलमा परिवर्तन गरेको संरचनामा समेत उनले अनुगमन गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com