पृथ्वी जयन्तीमा विदा दिन राप्रपाको माग


प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस २७ गते सार्वजनिक विदा दिन माग गरेको छ । शुक्रबार(आज) बसेको कमला थापा नेतृत्वको पार्टी केन्द्रीय पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले पुस २७ गने राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती भव्य रुपमा मनाउने निर्णय गर्दै सो माग गरेको हो ।

बैठकले यो विषयमा प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र दिने र संसदमा पनि आवाज उठाउने निर्णय गरेको छ भने केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा भव्य रुपमा मनाउने भएको छ ।

बैठकले हालै सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको समीक्षा,संगठन सुदृढिकरण लगायतका समीक्षा समेत गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com