कुखुरा फार्ममा लुकाइ राखेको अवस्थामा एक थान एमएमजी र १० हजार गोली बरामद


प्रकाशित मिति : पुस ६, २०७६ आईतबार

सुनसरीको बराहक्षेत्र-५ बाट एक थान अत्याधुनिक हतियार एसएमजी र त्यसमा लाग्ने करिब १० हजार थान गोली प्रहरीले बरामद गरेको छ ।

गोप्य सूचनाका आधारमा छापा मार्दा एक स्थानीयको कुखुरा फार्ममा लुकाइ राखेको अवस्थामा एमएमजी र गोली बरामद गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय खोरमा कुखुरा पालिएको थिएन । गोली कसले र किन राख्यो भन्ने विषयमा थप अनुसन्धान गरिरहेको प्रहरी स्रोतले बताएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com