लस एन्जलसबाट शियाटल उडेको जहाज लस एन्जलसमै फिर्ता, बालिकाको मृत्यु


प्रकाशित मिति : पुस ११, २०७६ शुक्रबार

अमेरिकाको लस एन्जलसबाट उडेको जहाज उडेको केहीबेरमा नै लस एन्जलसमा आकस्मिक अवतरण गरिएको छ । स्वास्थ्य सम्बन्धि समस्याका कारण विमान लस एन्जलसको विमानस्थलमा नै फिर्ता भएको थियो ।

विमानस्थलमा अवतरण गर्नासाथ एक बालिकाको मृत्यु भएको छ । २४२३ नम्बरको डेल्टा उडान १० बर्षकी बालिकालाई हृदयघातपछि लस एन्जलसमा नै फिर्ता भएको थियो ।

बालिकाको मृत्युबारे अनुसन्धान भइरहेको छ । जहाजमा रहेका यात्रुहरुलाई पुन शियाटल पठाउनका लागि डेल्टाले फरक विमानमा चढाएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com