खसोखासबाट जाडोपीडितलाई न्यानो कपडा वितरण


प्रकाशित मिति : पुस ११, २०७६ शुक्रबार

खसोखासको पहलमा जाडोबाट पीडित अनाथ बालबालिकाहरु र विभिन्न आश्रममा रहेका व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको छ । नेपाली हातले नै बुनेका न्यानो कपडाहरु बालबालिकाहरु र दिनदुखीहरुलाई प्रदान गरिएको हो ।

खसोखासको न्यानो बाँड्ने अभियान अन्तरंग संकलित रकममा खसोखासबाट बाँकी रकम म्याच गराएर न्यानो कपडा वितरण गरिएको हो । यो अभियानमा अमेरिका निवासी दाताहरू काजी कार्की, बाला घिमिरे, दिवाकर महर्जन, वशन्ता खड्का, केशवराम राई, अनिल अधिकारी, विनोद शाह, ऋषि ढकाल र अमित शाहले साथ दिएका थिए ।

जाडोमा न्यायो कपडा प्राप्त गर्दा दिनदुखीहरु र बालबालिकाहरुले खुशी व्यक्त गरेका छन् । नेपाली हातले बुनेका न्यानो कपडाहरु गरिब र दिनदुखीहरुलाई प्रदान गर्दा नेपाली उत्पादनको प्रवद्र्धन हुनुका साथै नेपाली गरिब र दिनदुखीहरुलाई राहत मिलेको खसोखासको विश्वास छ ।

खसोखासकी नेपाल प्रतिनिधि अस्मीता खड्काले न्यायो कपडा हस्तारन्तरण गर्नुभएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com