मेरिल्याण्डको सिल्भर स्प्रींगमा डिस्कभरी च्यानलले छाडेको भवनमा अब स्याटेलाइट क्याम्पस


प्रकाशित मिति : पुस ११, २०७६ शुक्रबार

मेरिल्याण्डको सिल्भर स्प्रींगमा रहेको पहिलेको डिस्कभरी भवनमा एउटा विश्वविद्यालयको स्याटेलाइट क्याम्पस खुल्ने भएको छ । पोर्तोरिकोमा मुख्यालय रहेको विश्वविद्यालयले उक्त भवनमा स्याटेलाइट क्याम्पस खोल्न लागेको हो ।

सान हुवानमा मुख्यालय रहेको आना जी म्यान्डेज विश्वविद्यालयले सन् २०१२ मा इलिनोयको ह्वेटनमा ३४० विद्यार्थीलाई सेवा प्रदान गर्ने स्याटेलाइट क्याम्पस खोलेको थियो । आगामी मे महिनामा स्याटेलाइट क्याम्पस सिल्भर स्प्रींग भवनमा स्थानान्तरण गर्न लागिएको हो ।

यो बर्ष डिस्कभरी च्यानलले छाडेपछि यो भवनको नाम इन्भेन्टा टावर राखिएको थियो । लामो समयदेखि डिस्कभरी च्यानल संचालन भएको कोल्सभिल रोड र जर्जिया एभिन्युको इन्टरसेक्सनमा रहेको यो भवनबाट हालै डिस्कभरी च्यानल न्युयोर्कमा स्थानान्तरण भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com