अमेरिकाले प्रतिवाद गरे सबैभन्दा पहिले दुबई र हाइफामा आक्रमण गर्ने चेतावनी
प्रकाशित मिति : पुस २३, २०७६ बुधबार
इरानको भूभागमा आक्रमण भएमा आफूले सबैभन्दा पहिले युएईको दुबई र इजरायलको हाइफामा आक्रमण गर्ने चेतावनी दिएको छ । युएई र इजरायल अमेरिकाका नजिकका मित्रराष्ट्र हुन् ।
यसैबीच इराक स्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले गरेको मिसाइल आक्रमणको अमेरिकाले जवाफ दिने बताएको छ । तर इरानले भने यदि अमेरिकाले प्रतिवाद गरे अमेरिकाभित्रै आक्रमण गर्ने चेतावनी दिएको छ ।
इराकका अमेरिकी सैन्य क्याम्पमा आक्रमण पछि ह्वाइट हाउसमा सुरक्षा व्यवस्था कडा गरिएको छ । आक्रमणपछि राती नै ह्वाइटहाउस आसपासमा स्थलगस्ती बढाइएको हो ।
इराकमा रहेका अमेरिकी सैन्य क्याम्पमा भएका इरानी आक्रमणमा क्षति भए नभएको स्पष्ट छैन तर इरानका संचारमाध्यमले भने कम्तीमा ८० अमेरिकी सैनिक मारिएको दावी गरेका छन् ।
अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले मंगलबार राति अमेरिकी सेना बसेका दुई स्थानमा मिसाइल आक्रमण गरेको हो ।
इरानले कम्तीमा १० वटा रकेटहरु आक्रमण गरेको छ । उक्त अमेरिकी क्याम्प बगदाददेखि १२४ माइल पश्चिममा रहेको छ ।
इराकको सैन्य क्याम्पमा इरानी आक्रमणपछि अमेरिकी रक्षामन्त्रीले इरानका प्रधानमन्त्रीसँग कुराकानीको प्रयास गरेका छन् । मध्यरातको समय भएकाले फोन सम्पर्क गर्न कठिन भएको बताइएको छ ।
तर फोनमा कुराकानी भएको भएको छ । यद्यपी फोनमा को थियो भन्नेबारे स्पष्ट नभएपनि दुईदेशबीच उच्च स्तरमा कुराकानी भएको जनाइएको छ ।
इराकमा अमेरिकी क्याम्पमा इरानको आक्रमणबारे राती नै राष्ट्रपति ट्रम्पलाई जानकारी गराइएको थियो । ह्वाइट हाउस सेक्रेटरीले यसबारे राती नै राष्ट्रपतिलाई जानकारी गराइसकिएको जानकारी गराएकी छिन् । यसबारे नजिकबाट निरिक्षण भइरहेको उनको भनाई छ ।
आक्रमणबारे हाउस स्पीकर न्यान्सी पेलोसीलाई पनि राती नै जानकारी दिइएको थियो । मंगलबारी राती डेमोक्र्याट्ससँगको बैठकमा रहेका बेला पेलोसीलाई जानकारी दिइएको हो ।
पेलोसीले यो अत्यन्तै गम्भिर समय रहेको बताएकी थिइन् ।