आजदेखि श्रीस्वस्थानी व्रत सुरु


प्रकाशित मिति : पुस २४, २०७६ बिहीबार

आज  पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म घरघरमा गरिने श्रीस्वस्थानी व्रत सुरु हुँदैछ ।
स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ हरेक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ ।

नूनसमेत नखाई कठोर व्रतविधि पालना गरेर गर्नुपर्ने व्रतको सुरुवात माधवनारायणका पुजारीबाट जल लिएर गरिएको छ ।

पूजारीसँग जल लिनुअघि व्रतालुले हातगोडाका नङ काटी शुद्ध बस्त्र पहिरिएका छन् । व्रतालुले घ्यू, चाकु र पालुङ्गो सेवन गर्छन् । व्रतालुले पौष शुक्ल पूर्णिमाका दिन बिहान शालिनदीमा गर्ने स्नानलाई माघस्नान भनिन्छ ।

मध्यान्ह्कालमा माधवनारायणसहित शिव पार्वतीको पूजा गरी स्वस्थानी श्रवण गरिन्छ । एक महीने व्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शङ्खमूललगायत तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com