२०७७ सालको भाइटीका मङ्सिर १ गते


प्रकाशित मिति : माघ १, २०७६ बुधबार

२०७७ सालको दशैँ र तिहार झण्डै एक महिना पर धकेलिएको छ । नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनु भयो ।

उहाँका अनुसार आउँदो वर्ष कात्तिक १ गते घटस्थापना परेको छ । यस्तै फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको उहाँले बताउनु भयो ।

यस्तै तिहार कात्तिक २८ गतेदेखि सुरु हुनेछ । २८ गते काग तिहार, २९ गते कुकुर तिहार र लक्ष्मी पूजा, ३० गते गोवर्द्धन तथा म्ह पूजा र भाइटीका मङ्सिर १ गते परेको गौतमले जानकारी दिनु भयो । मलमास नपरेको बेलामा दशैँ सामान्यतया असोज पहिलो हप्ता सुरु हुन्छ ।

। उहाँका अनुसार आउँदो वर्ष विवाहको साइत १५ दिन मात्रै छ । यसैबीच नेपाल पञ्चाङ्ग निर्णायक समितिले गृह मन्त्रालयलाई बिदा सार्वजनिक गरी क्यालेन्डर छपाइका लागि बाटो खुला गर्न आग्रह गरेको छ ।

टोलीले गृह मन्त्री रामबहादुर थापालाई भेटेर यस्तो आग्रह गरेको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com