नेपालमा खाना पर्यटन प्रबद्र्धन र जनकपुरको लस्सी खाँदै अमेरिकी राजदूत
प्रकाशित मिति : माघ ७, २०७६ मंगलबार
सन्जोग आचार्य
न्यूयोर्क । नेपाल प्राकृतिक सुन्दरताले संसारमा कहलिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा र भगवान गौतम बुद्धको जन्मभूमि नेपाल नचिन्ने को होला ? सास्कृतिक र भाषिक विविधता भएको देश नेपालको पहिचान यतीमा मात्र सीमित छैन । प्राकृतिक सुन्दरतासंर्गै नेपालमा पाइने विभिन्न परिकारका खानाको विशेषता पनि विशेष नै छ । नेपालका धेरै स्थान खानाको लागि निकै प्रख्यात छ । नेपालमा पाइने खानाको प्रचार गरेर पनि ती स्थानको पर्यटन प्रबद्र्धन गर्नेतर्फ पनि अझ पनि सम्बन्धित निकाएको ध्यान जान भने सकेको छैन ।
प्राकृतिक रुपमा अनुपमक सुन्दरता नभएका देशले आफ्ना खानाको प्रचार गरेर विश्वमा लाखौ पर्यटक आकर्षित गरिरहेका छन् । विश्वमा अहिले घुम्नसंगै मिठो खानाको लागि भ्रमण गर्ने पर्यटकको संख्या पनि उत्तिकै बढ्दो छ । । टर्की, इजीप्ट, मलेसिया, इन्डोनेशिया, पराग्वे, इटली, थाइल्याण्ड, जापान, स्पेनलगायत देशले अहिले खाना पर्यटनमा निकै जोडि दिएका छन् । यो देशले विश्वमानै खाना पर्यटनको लागि ख्याती कमाइरहेको छ । हाम्रो देशमा पनि यस्ता थुप्रै खाना छन् जसलाई प्रबद्र्धन गरेर पर्यटक आकर्षित गर्न सकिन्छ ।,
मुस्ताङको थकाली खाना, मलेखुको माछा र पोखरामा पाइने मार्फा खादा कुन चाही पर्यटक दंग नहोला । नेपाली पाइने स्याउ, कोदो, अदुवाबाट बनेका रक्सी पेरिस र पोर्चुगलको वाइनभन्दा कम छैन । हेलम्बुको स्याउ र जिरीको आलुको स्वादले इटलीको पिज्जाको मजा बिर्साइदिन्छ । फेरी ताप्लेजुङ तुम्बा पनि स्वाद पनि विशेष नै छ । पाल्पाको चुकौनीसँग काठमडौंका नेवारी खाना खादा कुन चाहीँ पर्यटकको मन प्रसन्न हुदैन होला । भक्तपुरको जुजु धौसंग इटहरीको केरा र जनकपुरको चिउरा मिसाएर पर्यटकलाई स्वागत र बिदाई गर्दा को दंग नहोला ?
नेपालका हरेक स्थानलाई खानाको नामले परिचित गराएर पर्यटनसंगै कृषि क्षेत्रमा पनि लगानी बढाउन सकिन्छ । नेपालमा बसोवास गर्ने जातजातिको आ आफ्नै किसिमका परिकार छन् । त्यसलाई पनि प्रबद्र्धन गर्न सकिन्छ ।
केही समय अघि नेपालका लागि अमेरिकी राजदूत बेरीले जनकपुर भ्रमणको क्रममा लस्सी, पास र माछाको स्वाद लिदैँ नेपालको खानाका विशेषता प्रकाश पार्नुभयो । यी बाहेक बेरीलाई मनपर्ने परिकार नेवारी खाना पनि हो । यसरी राजदूतले नेपाली खानाको प्रबद्र्धन गरेर पर्यटन बर्ष २०२० लाई टेवा पुर्याएजस्तै अब नेपाल सरकारले पनि खाना पर्यटन प्रबद्र्धनमा ध्यान दिने की !