लण्डनमा चक्कु आक्रमण, कैयन घाइते, प्रहरीको गोलीबाट आक्रमणकारीको मृत्यु
प्रकाशित मिति : माघ १९, २०७६ आईतबार
दक्षिणी लण्डनमा भएको चक्कु आक्रमणमा कैयन घाइते भएका छन् । प्रहरीले संदिग्ध आक्रमणकारीमाथि गोली हानेको छ । आक्रमणकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
चक्कु आक्रमणको घटनालाई आतंकवाद सम्बन्धित घटना भएको बताइएको छ । चक्कु आक्रमणपछि चक्कु बोकेर भागिरहेको आक्रमणकारीलाई प्रहरीले लखेटेर गोली हानेका थिए ।
We can confirm that the man shot by police at around 2pm today in #Streatham High Road has been pronounced dead
— Metropolitan Police (@metpoliceuk) February 2, 2020
घटना व्यस्त सपिंगस्थल स्ट्रीथम हाइरोडमा स्थानीय समय अनुशार दिउसो २ बजे भएको हो । घटनामा कम्तीमा दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।
#INCIDENT A man has been shot by armed officers in #Streatham. At this stage it is believed a number of people have been stabbed. The circumstances are being assessed; the incident has been declared as terrorist-related. Please follow @metpoliceuk for updates
— Metropolitan Police (@metpoliceuk) February 2, 2020
लण्डन ब्रिजमा चक्कु आक्रमणको घटना भएको झण्डै दुईमहिनापछि यो घटना भएको हो ।
लण्डन ब्रिजमा भएको घटनामा चक्कु आक्रमणमा दुईजनाको मृत्यु भएको थियो भने आक्रमणकारीको प्रहरीलको गोली लागेर मृत्यु भएको थियो ।