अमेरिकी राष्ट्रपति ट्रम्पबाट राष्ट्रका नाममा सम्बोधन, यहाँ हेर्नुहोस् लाइभ
प्रकाशित मिति : माघ २१, २०७६ मंगलबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदको संयुक्त सभाबाट राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । यो अमेरिकी राष्ट्रपतिको बार्षिक सम्बोधन हो, जसलाई स्टेट अफ द युनियनका रुपमा चिनिन्छ ।
राष्ट्रपति ट्रम्पको यो तेश्रो स्टेट अफ द युनियन सम्बोधन हो । यदि आगामी निर्वाचनमा राष्ट्रपतिमा निर्वाचित नभएको खण्डमा यो ट्रम्पको अन्तिम स्टेट अफ द युनियन सम्बोधन हुनेछ । हाउसको च्याम्बरका आएका राष्ट्रपति ट्रम्पलाई हाउस स्पीकर न्यान्सी पेलोसीले हात मिलाउनका लागि दिइन् । तर ट्रम्पले हात मिलाएनन् ।
सन् १९९९ मा बिल क्लिन्टनकै जस्तो सिनेटमा महाअभियोग परीक्षा चलिरहँदा ट्रम्पको स्टेट अफ युनियन सम्बोधन भएको हो ।
सम्बोधनका क्रममा प्रथम महिला मेलानिया ट्रम्पका साथमा ११ पाहुनाहरु पनि उपस्थीत छन् ।
१० जना हाउस डेमोक्रेटिक सांसदहरुले आजको सम्बोधन बहिस्कार गरेका छन् ।
ट्रम्पलाई सम्बोधनका लागि पाहुनाका रुपमा व्यवहार गरिने र ट्रम्पले पनि पाहुनाकै रुपमा व्यवहार गर्ने आशा लिएको पेलोसीले बताएकी थिइन् ।