नेपाल जाने अष्ट्रेलियनलाई ‘लेभल टु’ यात्रा चेतावनी, उच्च शतर्कता अपनाउन सुझाव


प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार

अष्ट्रेलियाको सरकारले नेपाल जाने अष्ट्रेलियन नागरिकलाई लेभल टु यात्रा चेतावनी दिएको छ । कोरोना भाइरस संक्रमण फैलिदै जाँदा नेपाल यात्रामा जाने आफ्ना देशका नागरिकहरुलाई ट्राभल एड्भाइजरी जारी गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शरिरको तापक्रम मापन गरिने र शंका लागेमा उपचारका लागि अस्पतालमा राखिने ट्राभल एड्भाइजरीमा उल्लेख छ । यो ट्राभल एड्भाइजरी फरबरी ४ मा अपडेट गरेर फरबरी ८ सम्मका लागि कायम गरिएको छ ।

अष्ट्रेलियाले ४ प्रकारका यात्रा सुझावहरु जारी गर्दै आएको छ । सामान्य अवस्थमा पहिलो श्रेणीको, उच्च शतर्कता अपनाउनुपर्ने भएमा दोश्रो श्रेणीको, अत्यावश्यक भएमात्र यात्रा गर्नका लागि तेश्रो श्रेणीको र यात्रा नगर्नका लागि चौथो श्रेणीको सुझाव जारी गरिदै आएको छ ।

नेपालमा अहिलेसम्म कम्तीमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । विश्वभर भने कोरोना भाइरसको संक्रमणबाट ६३० भन्दा धेरैको मृत्यु भइसकेको छ ।

अहिलेसम्म झण्डै ३१ हजार ४ सयमा कोरोनाको संक्रमण देखिएको छ । विश्वका २५ देशमा कोरोनाको संक्रमण देखिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com