न्युयोर्कको ब्रोंक्समा प्रहरीले खोजेको व्यक्तिबाट चौकीमै पुगेर प्रहरीमाथि गोली प्रहार


प्रकाशित मिति : माघ २६, २०७६ आईतबार

न्युयोर्कको ब्रोंक्समा बन्दुकधारीले प्रहरी चौकीभित्रै गएर गोली चलाएको छ । आज विहान ८ बजे चौकीमा छिरेको बन्दुकधारीले गोली चलाउँदा एकजना प्रहरी घाईते भएका छन् ।

बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

न्युयोर्कको ब्रोंक्समा ड्युटीमा रहेका प्रहरी अधिकारीमाथि गोली प्रहार भएपछि प्रहरीले खोजिरहेको बन्दुकधारी नै प्रहरी चोकीमा छिरेर गोली चलाएको हो । शनिबार राती साढे ८ बजेको समयमा भएको घटनामा १ प्रहरी घाइते भएका थिए ।

गस्तीको भ्यानमा बसिरहेका बखत उनीमाथि गोली प्रहार भएको हो । घाइते प्रहरीलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको छ ।

हन्टस प्वाइन्ट नजिकै इस्ट १६३ स्ट्रीट र फक्स स्ट्रीटमा घटना भएको हो । प्रहरीको चिउडो र घाँटीमा चोट लागेको छ ।

प्रहरीहरु भ्यानमा बसेको बेलामा एकजना व्यक्ति नजिकै आएर लोकेशन सोधेको र बन्दुक झिकेर गोली हानेको जनाइएको छ ।

केही राउण्ड गोली हानेपछि उक्त व्यक्ति पैदल नै भागेको थियो ।

घटनालगत्तै साथमा रहेका अर्का प्रहरी अधिकारीले घाइतेले अस्पताल लगेका थिए । घटनालगत्तै उक्त स्थानमा दुईवटा हेलिकप्टरले फन्को मारेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com