एकैदिनमा १५ हजारमा कोरोना संक्रमण, २४२ को मृत्यु, कुल मृतक १३ सय नाघे


प्रकाशित मिति : माघ २९, २०७६ बुधबार

कोरोना भाइरसको संक्रमण अर्थात् कोभिड १९ बाट चीनमा एकैदिनमा २४२ जनाको मृत्यु भएको छ । विहिबार विहान चीनको हुबेईमामात्र २४२ को मृत्यु भएको घोषणा गरिएको हो ।

त्यस्तै चीनमा एकैदिनमा १४ हजार ८ सयमा कोरोना भाइरस संक्रमण भएको जनाइएको छ । बुधबारमात्र एकैदिनमा यतिधेरैमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

अहिलेसम्म कोरोना भाइरसबाट विश्वभर ६० हजार भन्दा धेरै संक्रमित भइसकेका छन् भने १३ सय भन्दा धेरैको मृत्यु भइसकेका छ । जापानको क्रुजसिपमा मात्र १७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । २ हजार जना बोकेको अर्को क्रुजसिप अहिलेसम्म समुन्द्रमै रहेको छ ।

कोभिड १९ का लागि अबको १८ महिनामा भ्याक्सिन तयार हुनसक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । अहिलेसम्म यसको कुनै उपचार पत्ता लागेको छैन तर चिकित्सिकहरुले पहिले रहेका औषधीहरु मिसाएर बिरामीको उपचार गरिरहेका छन् ।

कोरोना भाइरसबाट मृत्यु भएका चिकित्सक ।
© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com