न्युयोर्कमा १३ बर्षकी बालिका बलात्कार गर्ने कागजपत्रविहिन पक्राउ
प्रकाशित मिति : फाल्गुन २०, २०७६ मंगलबार
न्युयोर्कमा १३ बर्षकी बालिका बलात्कार गर्ने एकजना कागजपत्रविहिनलाई इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले नियन्त्रणमा लिएको छ । ग्वाटेमालाको मिगेल फेडरिको नामको उक्त व्यक्तिलाई सन् २०१८ मा बालिकालाई ५ पटक बलात्कार गरेको अभियोग छ ।
न्युयोर्कको बु्रकलिनको क्रिमिनल कोर्टले उक्त व्यक्तिलाई सुपरभिजनमा रिहा गरेको थियो । आइसले उक्त व्यक्तिलाई कागजपत्रविहिन भएकाले हिराशतमा राख्नका लागि न्युयोर्क सिटीलाई भनेको थियो । तर न्युयोर्क सिटी कागजपत्रविहिनलाई संरक्षण गर्ने सिटी भएकाले आइसको आग्रहलाई अस्वीकार गरेको थियो ।
आइसले अन्तत उक्त व्यक्तिलाई नियन्त्रणमा लिएर संघीय हिराशतमा राखेको छ । आइसको न्युयोर्कका रिमुभल अपरेशन डाइरेक्टर थोमस डेकरले मंगलबार जारी वक्तब्यमा बलात्कारीलाई समुदायमा छाडिएकोमा आक्रोश व्यक्त गरेका छन् ।
उक्त कागजपत्रविहिन सन् २०१६ मा १६ बर्षको उमेरमा गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेको जनाइएको छ । उसले सन् २०१८ को अक्टोबरदेखि डिसेम्बरभित्र बालिकालाई बलात्कार गरेको जनाइएको छ ।
ती बालिका १३ बर्षकी थिइन् । उनको तर्फबाट गत फरबरी २२ मा मात्र उजुरी गरिएको थियो ।