अमेरिकामा १६१ मा कोरोना संक्रमण, १५ राज्यमा फैलियो, वासिंटन, न्युयोर्क र क्यालिफोर्नियामा सबैभन्दा बढी


प्रकाशित मिति : फाल्गुन २२, २०७६ बिहीबार

अमेरिकामा अहिलेसम्म १६१ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टी भएको छ । न्युजर्सीमा पनि कोरोना संक्रमणका बिरामी भेटिएपछि अहिलेसम्म अमेरिकामा १५ राज्यमा कोरोना संक्रमण पुष्टी भएको छ ।

सबैभन्दा धेरै बिरामी वासिंटन राज्य, न्युयोर्क र क्यालिफोर्नियामा भेटिएका छन् । न्युयोर्कमा कोरोना संक्रमितको संख्या १३ पुगिसकेको छ । अमेरिकाभर अहिलेसम्म कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भइसकेको छ ।

एरिजोनामा २, क्यालिफोर्नियामा ३६, फ्लोरिडामा ३, जर्जियामा २, इलिनोयमा ४, मासाचुसेट्समा २, न्यु ह्याम्पशायरमा २, न्युजर्सीमा १, न्युयोर्कमा १३, नर्थ क्यारोलिनामा १, ओरेगनमा ३, रोढ आइल्याण्डमा २, वासिंटन राज्यमा ३९, विसकन्सिमा १ र टेक्सासमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

टेक्सासमा १२ जना संक्रमित छन् । तर ११ जना विदेशमा संक्रमित भएका र उद्दार गरेर ल्याई सान अन्टोनियो लक ल्याण्ड एयरफोर्स बेसमा क्वारेनटाइमा छन् । यसर्थ टेक्सासमा नयाँ संक्रमण १  हो ।

न्युयोर्कमा गएराती थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज विहान मेयर बिल डे ब्लाजिओले यसको पुष्टी गरेका हुन् । यी थप २ जना कोरोना संक्रमित वकिलको परिवारसँग सम्बन्धित भए नभएको केही बताइएको छैन ।

न्युयोर्कमा कोरोना संक्रमित वकिलसँग सम्पर्कमा आएका कारण अरु ९ जनामा कोरोना संक्रमण पुष्टी भएपछि वकिल, उनको परिवार, छिमेकी र वकिलसँगको सम्पर्कमा आएको परिवारसँग सम्पर्कमा आएका झण्डै १ हजार जनालाई सेल्फ क्वारेन्टाइनमा बस्न आदेश दिइएको छ ।

न्यु रोशेलमा संक्रमित परिवारसमेत सामेल यहुदीहरुको आरधनालयमा गएका ३ सय जना, वकिलका छोरा अध्ययरत यसिभा युनिभर्सिटीका २ जना, वलिककी छोरी पढ्ने विद्यालयका दर्जनौं, वकिलको ल फर्ममा काम गर्ने सातजना कामदार र एकजना इन्टर्नर प्रेस्बेटेरियन अस्पतालमा ८ जना कर्मचारीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न आदेश दिइएको हो ।

ती वकिलले काममा जाँदा आउँदा मेट्रो नर्थ ट्रेन प्रयोग गर्ने गरेको जनाइएको छ । त्यतीबेला ट्रेनमा चढेकाहरुमाथि पनि संक्रमणको आशंका गरिएको छ ।

 

न्युयोर्कको न्यु रशेलमा कोरोना संक्रमित पाँचजना एउटै परिवारका भएको जनाइएको छ । ४६ बर्षकी महिला, उनका ४५ बर्षका पति र उनीहरुका तीनजना छोराछोरीमा कोरोना संक्रमण पुष्टी भएको हो ।

यो परिवार कोरोना संक्रमित वकिलको परिवारसँग सम्पर्कमा आउँदा कोरोना संक्रमण भएको विश्वास गरिएको छ । ती वकिलको न्युयोर्कको म्यानहटनमा रहेको प्रेस्बेटेरियन अस्पतालमा उपचार भइरहेको छ ।

वकिलका पूरै परिवारमा कोरोना संक्रमण भएको पुष्टी भएको छ । ती वकिलकी पत्नी, २० बर्षको छोरो र १४ बर्षकी छोरीमामात्र होइन, वकिललाई गाडीमा राखेर अस्पताल लैजाने छिमेकीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

ती वकिलले न्युयोर्कको म्यानहटनमा सानो ल फर्म संचालन गर्दै आएका थिए, जसमा उनकी पत्नीले पनि काम गर्दै आएकी थिइन् भने छोराले पनि पारालिगलका रुपमा काम गर्दै आएका थिए ।  उनको अवस्था गम्भिर रहेको स्वास्थ्य विभागले जनाएको छ ।

कोरोना संक्रमित २० बर्षीय युवक अध्ययनरत युनिभर्सिटी

वेस्टचेस्टर निवासी ५० बर्षका ती वकिल फरबरी २७ मा सुरुमा वेस्टचेस्टरको लरेन्स अस्पतालमा उपचारका लागि गएका थिए । उनले लेवीस एण्ड गार्बज पीसी नामको ल फर्म संचालन गर्दै आएका छन् जुन वान ग्रयाण्ड सेन्ट्रल प्लेसमा रहदै आएको छ ।

उनको वेवसाइट अनुशार उक्त ल फर्ममा वकिल र पारालिगल गरी ७ जना आवद्ध रहेको देखिएको छ । उनकी छोरीले ब्रोंक्समा रहेको सार एकेडेमी एण्ड हाइ स्कुलमा अध्ययन गर्दै आएकी छिन् भने छोराले म्यानहटनको यसिभा युनिभर्सिटीमा अध्ययन गर्दै आएका छन् ।

न्युयोर्कमा सुरुमा एकजना महिला स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टी भएको थियो, जसले इरानको भ्रमण गरेकी थिइन् । इरानको भ्रमण गरेका उनका पतिमा भने कोरोनाको संक्रमण देखिएको छैन ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com