अस्पतालबाट छिट्टै फर्कनेछु : प्रधानमन्त्री ओली


प्रकाशित मिति : फाल्गुन २३, २०७६ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले केहीबेरअघि प्रधानमन्त्रीसँग सङ्क्षिप्त संवाद गर्नुभएको छ ।

सल्लाहकार रिमालले ट्वीट गर्दै प्रधानमन्त्रीको सन्देश यसरी प्रवाह गरिएको छ “साथीहरुलाई भनिदिनुहोस्, मेरो स्वास्थ्य तीव्रगतिमा सुधार भइरहेको छ, छिट्टै काममा फर्कन्छु ।”  प्रधानमन्त्रीको बुधबार दोस्रो मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न शुरु गरिसकेको छ । उहांलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइरहेको छ। उहांको स्वास्थ्य स्थिति पनि सामान्य अवस्थामा रहेको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com