प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार छिट्टै भिडियो कन्फ्रेन्स गर्ने


प्रकाशित मिति : फाल्गुन २४, २०७६ शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार वा सोमबार अस्पतालबाट डिस्चार्ज गर्न सकिने उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

स्वास्थ्य अवस्था राम्रो हुँदै गएकाले आइतबार वा सोमबार अस्पतालबाट डिस्चार्ज गर्न सकिने प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा नेतृत्व गरेका प्राध्यापक डाक्टर प्रेम ज्ञवालीले बताउनुभयो ।

तर बालुवाटार जानेबित्तिकै भेटघाट धेरै हुने भएकाले संक्रमणको जोखिम बढ्ने हुँदा अस्पताल मै अझै केही दिन राख्ने कि घर पठाउने भन्नेबारेमा आफूहरुले छलफल गरिरहेको उहाँले बताउनुभयो । गएको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अहिले अस्पतालको विशेष कक्षमा राखिएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएकाले उहाँले छिट्टै भिडियो कन्फ्रेन्समार्फत सन्देश दिने तयारी गर्नुभएको पनि अस्पतालले जनाएको छ । यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समिक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको छ । उहाँलाई पनि आइतबार वा सोमबार घर पठाउने डाक्टर ज्ञवालीले जानकारी दिनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com