कोरोना संक्रमित ६४ हजार बढीको सफल उपचार
प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार
कोरोना संक्रमितको सफल उपचार पनि सम्भव छ । अहिलेसम्म कुल ६४ हजार ८१ जनाको सफल उपचार भइसकेको छ ।
कोरोना संक्रमित १ लाख १४ हजार ४ सय ४२ मध्ये अधिकांशको सफल उपचार भइसकेको छ । चीनमामात्रै ५९ हजार ९ सय ५ जनाको सफल उपचार भएको छ ।
त्यस्तै इटलीमा ७ सय २४ को सफल उपचार भएको जनाइएको छ भने साउथ कोरियामा २४७ जनाको सफल उपचार भएको छ । इरानमा २३९४ जनाको सफल उपचार भएको छ ।
चीनमा अहिले सकृय केसहरु जम्मा १७ हजार ७१३ मात्र रहेका छन् । कुल ४६ हजार ३ सय १४ सकृय केसहरुमध्ये अहिले अधिकांश चीनबाहिरका रहेका छन् ।
संक्रमितहरुमध्ये ५ हजार ७ सय ७१ को अवस्था गम्भिर रहेको छ । जसमध्ये ४७ सय ९४ जना चीनभित्र रहेका छन् ।