विश्वका धनी बिल गेट्स र जेफ बेजोसले गुमाए एकैदिनमा १० बिलियन डलर


प्रकाशित मिति : फाल्गुन २७, २०७६ मंगलबार

विश्वका धनी बिल गेट्स र जेफ बेजोसले एकैदिनमा १० बिलियन डलर गुमाएका छन् । हिजो अमेरिकाको स्टक मार्केटमा आएको गिरावटका कारण उनीहरुले ठूलो घाटा बेहोर्नुपरेको हो ।

अमेजनका सीईओ तथा संस्थापक जेफ बेजोसले ५ दशमलव ५ बिलियन र माइक्रोसफ्टका संस्थापक बिल गेट्सले ५ दशमलव १ बिलियन डलर गुमाएका हुन् । तर स्टक बढ्न थालेपछि उक्त घाटा विस्तारै कम हुदै गएको छ ।

कोरोना भाइरसको डरका कारण सोमबार स्टक मार्केटमा सन् २००८ यताकै ठूलो गिरावट आएको थियो । अमेरिकामा सोमबार तेलको मूल्यमा पनि गिरावट आएको थियो । सोमबार २६ प्रतिशतले गिरावट आएको तेलको मूल्य मंगलबार भने ८ दशमलव ५ प्रतिशत माथि उठेर ३३ डलर ७९ सेन्टस प्रति ब्यारल पुगेको छ । तेलमा आएको गिरावट ३० बर्ष यताकै सबैभन्दा ठूलो गिरावट हो ।

कोरोना भाइरसको संक्रमण विश्वब्यापी फैलिरहँदा अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखिएको छ । यही गतिमा फैलिदै गएमा विश्वमा आर्थिक मन्दीको खतरा रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com