अमेरिकामा कोरोना संक्रमितको संख्या ९५५, मृतकको संख्या ३०


प्रकाशित मिति : फाल्गुन २७, २०७६ मंगलबार

अमेरिकामा कोरोना संक्रमितको संख्या ९५५ पुगेको छ । २४ घण्टाको अन्तरालमा थप २५० भन्दा धेरैमा संक्रमण पुष्टी भएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो ।

अमेरिकामा कोरोना संक्रमणबाट मृतकको संख्या ३० पुगेको छ । वासिंटन राज्यमा संक्रमितको संख्या २६२ पुगेको छ ।

फ्याक्ट चेक : यसरी फैलिन्छ कोरोना भाइरस, मास्क लगाउने र अन्यले अपनाउनुपर्ने सावधानी

त्यस्तै क्यालिफोर्नियामा १७४ र न्युयोर्कमा १७३ मा कोरोना संक्रमण पुष्टी भएको छ । मासाचुसेट्समा संक्रमितको संख्या ९२ पुगेको छ ।

अहिलेसम्म अमेरिकाका ३६ वटा राज्यहरु र वासिंटन डिसीमा कोरोनाको संक्रमण पुष्टी भइसकेको छ ।

विमानमा यात्रा गर्दै हुनुहुन्छ ? यसरी रहनुहोस् कोरोनाबाट सुरक्षित

 

अमेरिकामा शनिबारयता हरेक दिन एकसयभन्दा धेरै नयाँ संक्रमणहरु घोषणा गरिदै आएको छ । अमेरिकाको पूर्व र पश्चिमी दुबै क्षेत्रका समुदायमा कोरोना संक्रमण बढ्दै गएको देखिएको छ । यद्यपी पश्चिमीक्षेत्रका राज्यहरुमा अझ बढी प्रकोप देखिएको छ ।

एउटै समुदायमा सबैभन्दा धेरै संक्रमित भएको भने न्युयोर्कको न्यु रशेलमा हो । त्यहाँ सुरुमा एकजना वकिलमा देखिएको कोरोनाको संक्रमण अहिले ११३ जनामा फैलिएको छ ।

कोरोना भाइरसबारे ५ हल्ला र सत्यकुरा : लिसा मारागाकिस, बरिष्ठ निर्देशक, जोन हप्किन्स मेडिसिन

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com