यसरी हेर्नुहोस् कोरोना संक्रमणबारे विश्वब्यापी लाइभ तथ्यांक


प्रकाशित मिति : फाल्गुन २७, २०७६ मंगलबार

विश्वभर कोरोना संक्रमित बिरामीहरु दिनप्रतिदिन थपिदै छन् । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका अधिकांश मुलुकमा देखिएको छ ।

यदि तपाई कोरोना भाइरसको संक्रमणबारे लाइभ र आधिकारिक तथ्यांक कहाँ हेर्ने भनेर अलमलमा हुनुहुन्छ भने त्यस्तो अलमलमा पर्नु पर्दैन । हामी ती श्रोतहरु तपाईहरुसमक्ष ल्याएका छौं ।

वर्ल्डमिटरले कोरोना भाइरसबारे छिनछिनका तथ्यांकहरु तपाईहरु समक्ष ल्याएको छ । तर यो तथ्याक जीएमटीमा आधारित रहेको छ । यसमा दैनिक थपिएको संख्या जीएमटीमा आधारित रहेर हिसाव गरिएको छ, जुन तपाईको देशको समय भन्दा भिन्न पनि हुनसक्छ ।

वर्ल्डमिटरमा कोरोना संक्रमणको लाइभ तथ्यांक हेर्न यहाँ क्लिक गर्नुहोला ।

यदि तपाई अमेरिकाभित्र कोरोना संक्रमणको पछिल्लो लाइभ अपडेटको खोजीमा हुनुहुन्छ भने तपाईका लागि न्युयोर्क टाइम्सले तयार पारेको तथ्यांक उपयोगी हुनसक्छ । न्युयोर्क टाइम्स कुन कुन राज्यमा कति कति कोरोना संक्रमित भइरहेका छन् भन्ने विवरणदेखि कुन कुन श्रोतबाट संक्रमित भएका छन् भन्ने विवरण समेत लाइभ अपडेट गरिरहेको छ ।

न्युयोर्क टाइम्समा कोरोना संक्रमणको लाइभ तथ्यांक हेर्न यहाँ क्लिक गर्नुहोला ।

त्यस्तै तपाई न्युयोर्कभित्र कुन कुन सिटी र काउन्टीमा कोरोना संक्रमितको संख्या कति पुगेको छ भन्ने हेर्न चाहनुहुन्छ ? त्यसको अद्यावधिक विवरण न्युयोर्क राज्यको स्वास्थ्यविभागले राखिरहेको छ । कुन सिटी र काउन्टीमा कतिजना संक्रमित छन् भन्ने छिनछिनको विवरण त्यहाँ उपलब्ध छ ।

न्युयोर्क राज्यमा कोरोना संक्रमणको लाइभ तथ्यांक हेर्न यहाँ क्लिक गर्नुहोला ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com