पूर्व संचारमन्त्री बाँस्कोटाको घरमा प्रेसरकुकर बम बिष्फोट, तस्वीरमा घटनास्थल
प्रकाशित मिति : फाल्गुन २७, २०७६ मंगलबार
पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित निर्माणाधिन घरको परिसरमा बम विष्फोट भएको छ। आज बिहान ७ बजेर ५ मिनेट जाँदा भएको विष्फोटबाट घरको भित्तामा क्षति पुगेको जनाइएको छ ।
प्रेसरकुकर बम विस्फोट गराइएको र त्यसबाट घरको परिसरमा रहेको मारुती भ्यानमा समेत क्षति पुगेको जनाइएको छ । विष्फोटबाट छिमेकीहरुको घरमा पनि क्षति पुगेको जनाइएको छ ।
बिष्फोट कस्ले गराएको हो भन्नेबारे अहिलेसम्म केही खुलेको छैन । बिष्फोटको जिम्मा पनि कसैले लिएको छैन । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
बाँस्कोटाको पुरानो एक तले घर तीन तले बनाउने काम भइरहेको र बास्कोटा उक्त निर्माणाधीन घरमा नबसी मन्त्री भएदेखि नै बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा बस्दै आएको जनाइएको छ ।