अमेरिकाको १७ राज्यमा लिस्टेरिया ब्याक्टेरिया संक्रमणबाट ३६ बिरामी, ४ को मृत्यु


प्रकाशित मिति : फाल्गुन २७, २०७६ मंगलबार

अमेरिकामा लिस्टेरिया नामको ब्याक्टेरिया संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ भने ३६ जना बिरामी भएका छन् । सुन होंग फुडले बजारमा ल्याएको इनोकी नामको च्याउ खाँदा उनीहरु बिरामी भएको जनाइएको छ ।

सुन होंग फुडले उक्त च्याउ बजारबाट फिर्ता गर्न भनेको छ । लिस्टेरियासँग दुषित भएको पुष्टी भएपछि उक्त च्याउ फिर्ता गरिएको थियो । तर फिर्ता गर्न भनिएको च्याउ खाँदा मान्छेहरु बिरामी भएका हुन् ।

मृतकहरु क्यालिफोर्निया, हवाई र न्युजर्सी निवासी रहेका छन् । सीडीसीले १७ राज्यबाट ३६ जना बिरामी भएको रिपोर्ट प्राप्त गरेको छ । त्यसमध्ये ३० जना अस्पतालमा नै भर्ना भएका हुन् ।

च्याउ खाने ६ जना गर्भवती महिलाहरु रहेका छन् । जसमध्ये २ जनाको लिस्टेरियाका कारण गर्भपतन भएको छ ।

सीडीसीले सुन होंग फुडले बजारमा ल्याएको इनोकी च्याउ नखान चेतावनी दिएको छ । लिस्टेरियाका कारण व्यक्तिमा टाउको दुख्ने, घाँटी दुख्ने, सन्तुलन गुमाउने जस्ता लक्षणहरु देखिने जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com