डलरको भाउ अहिलेसम्मकै महँगो !
प्रकाशित मिति : फाल्गुन २८, २०७६ बुधबार
आज डलरको मूल्यले नया रेकर्ड बनाएको छ ।
नेपाल राष्ट्र बैंकले आजको लागि प्रति एक डलरको खरिद मूल्य ११८ रुपैया“ ३० पैसा र बिक्री दर १ सय १८ रुपैया ९० पैसा तय गरेको छ । हिजोको तुलनामा आज डलरको मुल्य ६ पैसा बढेको राष्ट्र बैंकले जनाएको छ । डलरले नया“ रेकर्ड बनाएको हो । डलर मुल्य एक वर्ष अघिको रेकर्ड ब्रेक गर्दै नया“ रेकर्ड बनाएको थियो ।
गत वर्ष असोज २४ मा डलरको मूल्य एक सय १८ रुपैया ७४ पैसा सम्म पुगेको थियो । कोरोना भाइसरको सक्रंमणको कारण अन्तराष्ट्रिय बजारका लगानीकर्ता सुन र डलरमा आकर्षित हुन थालेपछि लगातार सुन र डलरको मूल्य तीब्र रुपमा बढिरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।