ट्रम्पको विशेष सम्बोधन : ३० दिनका लागि युरोपका २६ देशबाट अमेरिका आउन प्रतिबन्ध
प्रकाशित मिति : फाल्गुन २८, २०७६ बुधबार
अमेरिकी राष्ट्रपति डोनाल्ढ ट्रम्पले राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै ३० दिनका लागि युरोपबाट अमेरिका आउने जाने सबै यात्रामा प्रतिबन्धको घोषणा गरेका छन् । तर यो प्रतिबन्ध बेलायतका सन्दर्भमा भने लागु नहुने ट्रम्पले घोषणा गरेका छन् । लगत्तै अमेरिकी सरकारले यो प्रतिबन्ध युरोपका २६ शेंगेन देशहरुका लागिमात्र रहेको स्पष्ट पारेको छ ।
२६ युरोपियन देशबाट अमेरिका आउनमा प्रतिबन्ध : कसकसलाई दिइयो छुट ?
यो प्रतिबन्ध शुक्रबार राती मध्यरातबाट लागु हुने भएको छ । यो प्रतिबन्ध युरोपबाट अमेरिका आउने सबै चीजमा लागु हुनेछ । उपयुक्त जाँच पार गरेका केही निश्चित अमेरिकनका सन्दर्भमा भने यो प्रतिबन्ध लागु नहुने ट्रम्पले बताएका छन् ।
अहिलेसम्म विश्वभर १ लाख २६ हजार १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये ४६ सय २७ को मृत्यु भइसकेको छ ।
युरोपका २६ देशबाट अमेरिका आउनमा प्रतिबन्ध, ती देशको भ्रमण गरेका अन्य देशकालाई पनि रोक
अमेरिकामा अहिलेसम्म १३०५ मा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये ३८ जनाको मृत्यु भएको छ । आजै अमेरिकामा थप ३११ मा कोरोना संक्रमण पुष्टी भएको छ भने ८ जनाको मृत्यु भएको छ ।
शुक्रबार मध्यरातदेखि युरोपका २६ देशबाट अमेरिका आउनमा प्रतिबन्ध
वासिंटन राज्यमा कोरोना संक्रमितको संख्या ३३५ पुगेको भने न्युयोर्कमा २१३ पुगेको छ । त्यस्तै क्यालिफोर्नियामा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ । वासिंटन राज्यमा मात्र मृतकको संख्या २९ पुगेको छ ।
Proclamation : Suspension of Entry from 26 European Countries to US (Full Text)