अमेरिकाबाट बाँठाको उपचारका लागि आयो सहयोग
प्रकाशित मिति : फाल्गुन २९, २०७६ बिहीबार
अमेरिकामा बस्दै आएका नेपालीहरुले बिरामी कर्णबहादुर बाँठामगरको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
त्रिवि शिक्षण अस्पतालमा ५ महिनादेखि मृगौला, पत्थरी र जण्डिस रोगको उपचार गराइरहेका ४७ वर्षीय उनलाई अमेरिका बस्दै आएका नेपालीले सहयोग गरेका हुन् । पछिल्लो समय कलेजोमा पनि समस्या देखिएको कर्णबहादुरका छोरा महेन्द्र बाँठामगरले जानकारी दिए ।
अमेरिकाको टेक्सास बस्दै आएका रोल्पाका याशिका बाँठामगर र जीवराज बुढामगरको सक्रियतामा सङ्कलित १ लाख २६ हजार ९ सय ८५ रुपैयाँ बुधवार बिरामी कर्णबहादुरलाई हस्तान्तरण गरिएको हो ।
अमेरिकामा रहेका भुवन आले, मानबहादुर र वीरपति बाँठामगर, जीवराज बुढा, याशिका बाँठामगर, मणि थापा, लक्ष्मी पुन, गङ्गा सिञ्जाली, रबिन थापा मगरले उनलाई आर्थिक सहयोग गरेका हुन् ।
यस्तै अमेरिकमै बस्दै आएका सबिता थापा, रिम थापा, सरु गाहा, यम थापा, रबिन मगर, करन थापा, सुमन पाठक, खेम निरौला, प्रविन कवर, दीपक थापा, देवि थापा, कमल मगर, लीला लामिछाने, यज्ञ राना, कमला थापा, दीपक कार्की, तेजेन्द्र थापाले पनि उनलाई आर्थिक सहयोग गरेका छन् ।
यस्तै नारायण के सी, निग्मा शेर्पा, नगेन्द्र लिम्बु, दीपक क्षेत्री र जानकी थापाले संयुक्त रुपमा सङ्कलन गरेको ४१ हजार १ सय १० डलर रुपैयाँ पत्रकार देविका घर्ती मगरमार्फत बिरामी कर्णबहादुरलाई हस्तान्तरण गरिएको हो । कर्णबहादुर परिवारको आर्थिक स्थिती कमजोर भएका कारण उपचारमा सहयोग गर्न परिवार सदस्यले सबैमा आग्रहसमेत गरेका छन् ।