अनेरास्ववियुका नेतालाई बलात्कार मुद्दामा ८ वर्ष  कैद


प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार

काठमाडौं जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गरेको छ ।

जिल्ला अदालतले राईलाई दोषी ठहर गर्दै आठ वर्ष  ६ महिना कैद  तथा पीडित युवतीलाई एकलाख पचास हजार रुपैयाँ क्षतिपूर्ति तिर्नु पर्ने फैसला सुनाएको  छ ।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले उक्त फैसला गरेको हो । राईमाथि गत वर्षको तिहारमा भैलो खेल्ने बहानामा युवतीलाई आफ्नो कोठामा बोलाएर बलात्कार गरेको आरोप लागेको थियो ।

पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि राईलाई प्रहरीले पक्राउ गरेकाे थियाे । उनीमाथि प्रहरीले काठमाडाैं जिल्ला अदालतमा जबर्जस्ती करणी अभियाेगमा मुद्दा दर्ता गरेको थियो ।बलत्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बेला राईलाई अनेरास्ववियुुले निलम्बन गरेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com