अमेरिकी राष्ट्रपतिले राष्ट्रिय संकटकाल घोषणा गर्दै, केहीबेरमा विशेष पत्रकार सम्मेलन
प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क समय अनुशार आज दिउसो ३ बजे पत्रकारसम्मेलनको आयोजना गर्ने भएका छन् । कोरोना भाइरसबाट प्रभावित अमेरिकनहरुलाई प्रत्यक्ष सहायता उपलब्ध गराउनका लागि ट्रम्पले राष्ट्रिय संकटकालको घोषणा गर्ने भएका छन् ।
कोरोना फैलिने मुख्य माध्यम हात, उपलब्ध भएसम्म सेनिटाइजर होइन साबुन पानीको प्रयोग गर्न सुझाव
संकटकालको घोषणापछि अरु क्षेत्रमा छुट्याइएको बजेट कोरोना संक्रमणसँग जुध्नका लागि प्रयोग गर्न सकिनेछ । दिउसो ३ बजे कोरोनाभाइरसका सन्दर्भमा पत्रकार सम्मेलन गर्न लागेको ट्रम्पले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
I will be having a news conference today at 3:00 P.M., The White House. Topic: CoronaVirus!
— Donald J. Trump (@realDonaldTrump) March 13, 2020
स्टाफोर्ड ऐन अन्तर्गत राष्ट्रपतिले “संक्रामक रोग आपतकालिन घोषणा” गर्न सक्ने प्रावधान रहेको छ । संकटकाल घोषणापछि संघीय आपतकालीन व्यवस्थापन एजेन्सीलाई राज्य र स्थानीय सरकारहरूलाई आपतकालीन राहत कोष प्रदान गर्नका साथै कोरोनाभाइरस नियन्त्रणमा संघीय सहयोग पुर्याउँछ।
विमानमा यात्रा गर्दै हुनुहुन्छ ? यसरी रहनुहोस् कोरोनाबाट सुरक्षित
आपतकालिन घोषणाहरू प्राय प्राकृतिक प्रकोपहरूमा प्रयोग गरिने भएपनि प्रकोप फैलिएको सन्दर्भमा पनि प्रयोग गर्न सकिन्छ।अमेरिकामा अहिलेसम्म १८ सय ८६ मा कोरोनाको संक्रमण पुष्टी भइसकेको छ ।
अमेरिकामा कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु भइसकेको छ भने आजमात्रै थप १८९ मा संक्रमण पुष्टी भएको छ ।
कोरोना भाइरसबारे ५ हल्ला र सत्यकुरा : लिसा मारागाकिस, बरिष्ठ निर्देशक, जोन हप्किन्स मेडिसिन