अमेरिकाभर संकटकालको घोषणा, ५० बिलियन डलरको कोष परिचालन गरिने
प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । आज ह्वाइटहाउसमा पत्रकारसम्मेलनको आयोजना गरेर ट्रम्पले संकटकालको घोषणा गरेका हुन् ।
संकटकाल घोषणापछि अब ट्रम्पले ५० बिलियन अमेरिकी डलरको प्रकोप राहत कोष कोरोनासँग जुघ्न प्रयोग गर्ने सक्नेछन् । ट्रम्पले कोरोना संक्रमणबिरुद्ध लड्न ५० बिलियन डलरको कोषा परिचालन गर्ने घोषणा गरेका छन् ।
अमेरिकामा अहिलेसम्म २ हजार ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आजमात्रै ३३३ जनामा नयाँ संक्रमण पुष्टी भएको हो ।
कोरोना फैलिने मुख्य माध्यम हात, उपलब्ध भएसम्म सेनिटाइजर होइन साबुन पानीको प्रयोग गर्न सुझाव
विमानमा यात्रा गर्दै हुनुहुन्छ ? यसरी रहनुहोस् कोरोनाबाट सुरक्षित
कोरोना भाइरसबारे ५ हल्ला र सत्यकुरा : लिसा मारागाकिस, बरिष्ठ निर्देशक, जोन हप्किन्स मेडिसिन