ग्राहकको भेषमा उद्योगमन्त्री भट्ट
प्रकाशित मिति : चैत्र १, २०७६ शनिबार
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट पुगेका बेला त्यहांका बजारमा छड्के अनुगमन गरेका छन् ।मन्त्री भट्टले ग्राहकको भेषमा पसल र डिपार्टमेन्टल स्टोरको निरीक्षण गरेको उनको सचिवालयले बताएको छ ।
शुक्रबार साँझ निलो डाउन ज्याकेट, कालो पाइन्ट र स्पोर्ट जुत्ता लगाएर बजार निक्सेका मन्त्री भट्टले बजार अनुगमनको पनि उपयोग गरेको बताएका छन । क्रोइनाभाइरसको सन्त्रास बढेपछि व्यापारीहरुले कालो बजारी गरिहेको चौतर्फी आवाज उठेका बेला मन्त्री भट्टले जनताको सहानुभूति लिनका लागि बजार अनुगमन गरेको हुनसक्छ ।
उनले पोखराका केही डिपार्टमेन्टल स्टोरमा छिरेर सामानको उपलब्धता, सामानको मूल्य, उत्पादन मिति र उपभोग्य मितिबारे ग्राहकै शैलीमा सोधपुछ गरेका थिए । एउटा डिपार्टमेन्टल स्टोरमा छिरेर मन्त्री भट्टले एक किलो चिनी र एक किलो नुन मागेका थिए । नुनको मूल्य सोध्दा डिमार्टमेन्टलकी सेल्सम्यान महिलाले एक प्याकेटको २५ रुपैयाँ बताएकी थिइन् ।
मन्त्री भट्टले साल्ट ट्रेडिङले तोकेको मूल्य २० रुपैयाँ हो तर पाँच रुपैयाँ बढी लिएर उपभोक्ता किन ठगेको भनेर प्रति प्रश्न गरेका थिए । जवाफमा ती महिलाले आफूले खरिद गरेर ल्याउने ठाउँबाटै यस्तै आउने गरेको बताएपछि मन्त्री भट्टले खरिद गर्ने ठाउँको फोन नम्बर मागेका थिए।
मन्त्री भट्टको सचिवालयका अनुसार बढी मूल्य लिइएकोबारे नोट बनाएर आवश्यक कारबाही गर्न सचिव बैकुण्ठ अर्याललाई निर्देशन दिइएको बताइएको छ । पोखराका बजारमा अनुगमन गर्दा मास्क र स्यानिटाइजरको अभाव छिटफूट भए पनि खाद्यान्नमा कुनै समस्या नरहेको पाइएको मन्त्री भट्टको सचिवालयले जनाएको छ ।
केही समय सस्तो लोकप्रियताका लागि बजार अनुगमन गरेको देखाउने र अन्तत सरकारी अधिकारीहरु बजारियाकै तानमा ताल मिलाउने नेपालमा सधैं चल्दै आएको छ। मन्त्री भट्टले केगर्ने छन् आगमी दिनेले देखाउने छ ।