कोरोना विरुद्ध सबै नेपाली एकजुट हौँ : राष्ट्रपति भण्डारी


प्रकाशित मिति : चैत्र १, २०७६ शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस कोभिड–१९ रोगको विरुद्धमा सबै नेपाली एकजुट हुन आवाहान गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटर मार्फत विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपायहरू अवलम्बन गर्नका लागि आग्रह गर्नुभएको छ । उहाँले कोरोना भाइरस संक्रमण विरुद्धको विश्वव्यापी अभियानमा एकजुट हुनका लागि सबै नेपालीलाई आग्रह गर्नु भएको छ ।

चीनको उहानबाट सुरु भएको कोरोना भाइरस संक्रमण अहिलेसम्म विश्वका १४९ देशमा फैलिएको छ । ५ हजार जनाभन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन । नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण नदेखिएको भए पनि बिश्वव्यापी रुपमंै महामारीको रुप लिइरहेको अवस्थामा उच्च सर्तकर्ता अपनाउनका लागि राष्ट्रपति भण्डारीले आह्वान गर्नु भएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com