कोरोना संक्रमण ,१५ मिनेटमै पत्ता लगाउन सकिने चीनको दाबी


प्रकाशित मिति : चैत्र १, २०७६ शनिबार

चीनले कोरोना भाइरसको संक्रमण १५ मिनेटमा पत्ता लगाउन सकिने दाबी गरेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार भाइरसको संक्रमण १५ मिनेटमा नै पत्ता लगाउन सकिने भएको हो ।

सिन्हुवाले केही समय अगाडि मात्रै सामाजिक सञ्जाल ट्वीटरमार्फत रगत लिएको १५ मिनेटमा नै संक्रमण छ/छैन भन्ने पुष्टि हुने जनाएको हो ।

उक्त किटलाई आन्हुवई प्रान्तको हेफै विश्वविद्यालयले बनाएको बताइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com