तिब्बततर्फको सगरमाथा आरोहण बन्द


प्रकाशित मिति : चैत्र १, २०७६ शनिबार

चिनियाँ सरकारले तिब्बततिरबाट सगरमाथा आरोहण बन्द गर्ने बताएको छ । वसन्त ऋतुमा हिमाल आरोहणका लागि खुला गरिने भएपनि कोरोना भाइरसको उच्च जोखिमका कारण चीनले यसपटक सगरमाथामा आरोहण गर्न नदिने बताएको हो ।

चीनतर्फको सगरमाथा बन्द भएपनि नेपालमा भने खुलै छ । हिमाल आरोहण गराउने अल्पेन्ग्लो अभियानका कार्यकारी प्रमुख एड्रियन बालिङगरले इन्स्टाग्राममा चीनले सगरमाथा बन्द गरेको उल्लेख गरेका छन् ।

गत हप्ता एबिसी न्यूजसँग कुरा गर्दै बलिंगरले भनेका थिए ‘सगरमाथाको दुवै छेउमा रहेको आधार शिविरमा प्रकोपको एकदमै जोखिम छ ।’  भाइरसबाट धेरै प्रभावित चीन, इटाली, दक्षिण कोरियालगायतका धेरै देशका आरोहीहरुले पहिले नै आफ्नो आरोहण रद्द गरिसकेका छन्।

अष्ट्रेलियाको माउन्टेरिङ कम्पनी फर्चेनबकले यसवर्ष नेपाल तर्फबाट करिब १ सय ५० आरोहीहरु आरोहणका लागि जाने बताएका छन् । हिमाल आरोहणका लागि अप्रिलदेखि मेको अन्त्यसम्म उपयुक्त मानिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com